दफा ३५
पुन दर्ता हुन सक्ने
दफा ३४ बमोजिम दर्ताको प्रमाणपत्र रद्द भई लगत कट्टा भएको सवारी पुन दर्ताको लागि ल्याएमा दफा ३१ बमोजिम लिन बाँकी नवीकरण दस्तुर तथा थप दस्तुरको अतिरिक्त जति वर्षपछि दर्ताको लागि ल्याएको हो त्यति वर्षको लागि दफा ३१ को उपदफा (४) बमोजिमको थप दस्तुरको दोब्बर जरिवाना समेत लिई त्यस्तो सवारी दफा १६ बमोजिम दर्ता गरी सवारी धनीलाई अर्काे दर्ताको प्रमाणपत्र दिनु पर्छ ।